एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

काठमाडौँ ।   एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी नवनियुक्त राजदूत डिन थम्प्सनले बिहीबार भेट गर्नुभएकाे छ  । ओलीलाई भेट्न थम्प्सन ओली निवास बालकोट पुग्नुभएकाे  थियाे । 

भेटवार्तामा अमेरिका र नेपालले सामना गर्नु परेका साझा चुनौतीको बारेमा कुरा भएको अमेरिकी राजदूतावासले जनाएको छ । साथै, उनीहरुबीच नेपाल र अमेरिका बीचको ७५ वर्षको महत्वपूर्ण सम्बन्ध र यसको निरन्तरताबारे पनि छलफल भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ५ : ०४ बजे