छुरा प्रहार गरी प्रहरीको हत्या

जेरुसेलम । जेरुसेलमको पुरानो शहरमा एक आक्रमणकारीले बिहीबार एक जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरी हत्या गरेको छ । 

आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको इजरायली प्रहरीले जानकारी दिएको छ । इजरायली चुनावको अन्तिम मतगणना भइरहेको बेला प्रहरी अधिकारीको हत्या भएको हो । 
 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ४ : २१ बजे