‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कपिलबस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ

 कपिलबस्तु । कपिलबस्तुमा स्रोत नखुलेको ५ लाख ५२ हजार आठसय भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १, मिडियाचोक घर भएका ३९ वर्षीय मुक्ति खनाल रहेको प्रहरीले जनाएको छ ।

 यशोधरा गाउँपालिका वार्ड नम्बर ७ मर्यादपुरबाट खटिएको प्रहरी टोलीले लु १६ प ४११७ नम्बरको मोटरसाइकल सहित बुधबार बिहान ८ बजे उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका खनाललाई थप अनुसन्धानका लागी राजस्व भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १ : ४७ बजे