बैतडी । एमालेको जनवर्गीय संगठनका राष्ट्रिय जनसांस्कृतिक महासंघको बुधबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले गोविन्द पन्तको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा लक्ष्मी नाथ र प्रविन टेलर, सचीवमा महेशराज पन्त, कोषाध्यक्षमा पावर्ती भूल चयन हुनुभएकाे हाे । कमिटीको सहसचिवमा कलावती लावड र सृष्टि ठगुन्ना चयन हुनुभएकाे छ । अधिवेशनले २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको महासंघका केन्द्रीय सदस्य रामप्रसाद अवस्थीले बताउनुभयाे । अधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारी उपस्थित हुनुहुन्थ्याे ।
एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले सरकारका गलत कामको भण्डाफोर संगीतका माध्यमबाट गर्नुपर्ने बताउनुभएकाे छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ बैतडीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले एमाले सत्तामा हुँदा राम्रा कामको जनतालाई जानकारी दिने र नराम्रो कामको संगीतमार्फत भण्डाफोर गर्नुपर्ने बताउनुभयाे ।
कला भए पनि अवसर नपाएका मान्छेलाई समाजमा माथि उठाउन नसकेकै कारण उनीहरूको जीवनस्तर माथि नउठेको उहाँले बताउनुभयाे । भण्डारी बैतडीबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ ।
प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार ११ : ३७ बजे
प्रतिक्रिया