साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

लागत कटौती गर्न ट्विटरका आधा कर्मचारी कटौती गर्दै मस्क

न्युयोर्क । विश्व प्रसिद्ध धनाढ्य एलोन मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यबल कटौती गर्ने योजना बनाएको ब्लुमबर्ग न्युजले जनाएको छ । 

मस्कले सुरुमा ३७ सय कार्यबल कटौती गर्न लागेको सो विषयसँग सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै सो समाचार संस्थाले जनाएको छ । 

विवरणअनुसार ट्विटरका नयाँ मालिकले शुक्रवार प्रभावित कर्मचारीलाई जानकारी दिनेछन् ।

यसअघि, ट्विटरका एक मात्र निर्देशक र सिइओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।  

मस्कले यही अक्टोबर २८ मा ट्विटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अरबपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।एजेन्सी 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : ३६ बजे