‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदा

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।   

दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले आज सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताउनुभयो ।  

बिहीबार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन् । त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्ल अष्टमी र शुक्ल नवमीमा भव्य जात्रा लाग्ने गर्दछ । यहाँ भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।

यसअघि बुधवार पाटन नगरपालिका–२ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको थियो ।  

तिहार सकिएसँगै बैतडीसहित सुदूरपहाडका शक्ति पीठ र मन्दिरमा जात्राको रौनक छाएको छ । यहाँ तिहारपछि १५ दिन जात्रा लाग्ने गर्दछ ।  

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ७ : ४४ बजे