‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ओलीले २९ कार्तिकमा सुर्खेतको चुनावी सभालाई सम्बोधन गर्ने

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले यही कार्तिक २९ गते सुर्खेतको वीरेन्द्रनगरमा विशाल चुनावी जनसभा गर्ने भएको छ । आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजना हुने उक्त जनसभालाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

चुनावी सभामा दशौँ हजार जनसमुदायको सहभागिता रहने एमाले सुर्खेतका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख गंगाराम तिमल्सेनाले बताएका छन् । उनका अनुसार एमाले सुर्खेतको जिल्ला कमिटी सचिवालय बैठकले उपाध्यक्ष कुलमणि देवकोटाको संयोजकत्वमा सात सदस्यीय जनसभा व्यवस्थापन समिति गठन गरेको छ ।

जसमा जिल्ला पार्टी सचिव कविन्द्रकुमार केसी, उपसचिव घनश्याम पाण्डे, सचिवालय सदस्य डम्मर तिवारी, गंगाराम तिमिल्सेन, पूर्णप्रसाद पौडेल र नगर कमिटी अध्यक्ष निलकण्ठ खनाल सदस्य रहेका छन् ।

वीरेन्द्रनगरको चुनावी जनसभालाई एमाले स्थायी कमिटी सदस्य एवं सुर्खेत क्षेत्र नं। २ ‘क’ प्रदेश सभा सदस्यका उम्मेदवार यामलाल कँडेललगायतका शीर्ष तथा प्रभावशालि नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन दैलेखमा हुने एमालेको चुनावी जनसभालाई पनि अध्यक्ष ओलीसहितका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । अध्यक्ष ओलीले निर्वाचनअघि सुर्खेत र दैलेखसहित ४० जिल्लाका चुनावी जनसभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ६ : ५१ बजे