थप ५७ वटा हिमाल आरोहणका लागि खुला

५ दलीय सत्ता गठबन्धनले चुनाव जिते देशकाेअर्थतन्त्र श्रीलंकको अवस्थामा पुग्छ : कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ४ मंसिरमा हुने आम निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनले चुनाव जिते देश अस्थिरतामा र भ्रष्टाचारको दलदलमा फस्ने बताउनुभएको छ  ।

नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहनुभएका थापाले पाँच दलीय गठबन्धन सत्तामा पुग्न र कुर्सिमा बस्न विदेशीसँग सहयोग मागिरहेको समेत बताउनुभयो ।

बुधबार नेकपा एमाले निर्वाचन परिचालन कमिटी, हेटौंडा–५ ले गरेको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राष्ट्रवादी पार्टी एमालेलाई नजिताए मुलुकको अर्थतन्त्र टाट पल्टिएर श्रीलंकको अवस्थामा पुग्ने दाबी गर्र्नुभयो । 
थापाले आगामी मंसिर ४ गतेको निर्वाचन राष्ट्रवादी पार्टी एमाले र विदेशीहरुले खडा गरिएको गठबन्धनको अराजकता र कठपुतली सरकारबीच प्रतिस्पर्धा भएको बताउँदै राष्ट्रवादी पार्टी एमालेका उम्मेदवारलाई जिताउन अनुरोध गर्र्नुभयो  ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ६ : ०५ बजे