‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एमाले दोलखाले विभिन्न कार्यक्रमसहित प्रचार अभियान सुरु गर्ने  

दोलखा । नेकपा एमाले दोलखाले आउने मंसिर महिनाको ४ गते हुने निर्वाचनको प्रचार अभियान सुरुवात विशेष समारोहका साथ गर्ने भएको छ । यहि कार्तिक १८ गते विहान ७ देखि ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा उम्मेदवारसँग साक्षात्कारका साथ चुनावी प्रचार गित सार्वजनिक, चुनावी भिडियो सार्वजनिक गर्ने लगायतका विभिन्न कार्यक्रम रहेको एमाले दोलखाका प्रचार विभाग संयोजक एवं जिल्ला कमिटि उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । 

चरिकोटको सातदोबाटोमा हुने कार्यक्रममा आम मतदाता पार्टी नेता कार्यकर्ता लगायतको उपस्थिति रहनेछ ।  

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ५ : ५५ बजे