चीन र फ्रान्सका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

बेइजिङ । चीनका राज्यपरिषद् सदस्य एवम्  विदेशमन्त्री वाङ यीले आफ्ना फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँग फोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को बीसौँ राष्ट्रिय महाधिवेशन सफल भएको  तथा त्यसले सी चिनफिङलाई  महासचिवमा सर्वसम्मतरूपमा निर्वाचित गरेको जानकारी दिनुभयो । 

उक्त पदमा सीको पुनःनिर्वाचित हुनु चिनियाँ जनताको साझा आकाङ्क्षा भएको बताउँदै  उहाँ नेतृत्वको महाधिवेशनले चीनको भविष्य र विकासको खाका तयार पारेको जानकारी दिनुभयो । साथै उहाँले विश्वशान्तिका निम्ति चीनले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा साझा विकास प्रवद्र्धनप्रतिको प्रतिबद्धता दोहो¥याउनुभयो । 

चीनले फ्रान्स र युरोपप्रतिको आफ्नो नीतिमा निरन्तरता र स्थिरता कायम राखेको,  चीन–युरोपेली सङ्घको व्यापक रणनीतिक साझेदारीलाई अगाडि बढाउन तथा दुई देशबीच रणनीतिक समन्वय एवम् सहयोगलाई अझ प्रगाढ बनाउन चीन तयार रहेको विदेशमन्त्री वाङले बताउनुभयो । 

चीन र फ्रान्सले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन विभिन्न क्षेत्रमा उच्चस्तरीय आदानप्रदान र सहयोगको संयुक्त योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो भने फ्रान्सेली विदेशमन्त्रीले विश्व शान्ति, स्थायित्वको रक्षाका लागि फ्रान्स र चीनले सधैं आपसी विश्वास  सहयोगका साथ सहकार्य गर्नुपर्ने बताउनुभयो । 

फ्रान्सेली विदेशमन्त्रीले साझा हितका विषय प्रवद्र्धन गर्न तथा साझा चुनौती सामना गर्न चीनसँग निकट सम्पर्क र समन्वयमा काम गर्न आफू इच्छुक रहेको बताउनुभयो । उहाँहरूले युक्रेन तथा कोरियाली प्रायःद्वीपको अवस्थाका साथै साझा सरोकारका अन्य विषयमा पनि विचार आदानप्रदान गनुभएको थियो । 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ५ : २१ बजे