‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लागूऔषध मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ

कास्की ।​​​​​​​ लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–३० खोरखार बस्ने २६ वर्षीय सबिन गिरी, २२ वर्षीय सुजन कामी र उदयपुर जिल्ला त्रियुगा नगरपालिका–१५ घर भई सोही महानगरपालिका–२७ हमालचोक बस्ने २८ वर्षीय अनिल आले रहेका छन् ।  

लागूऔषध मुद्दामा जिल्ला अदालत कास्कीले सबिन गिरीलाई ४ महिना २८ दिन कैद, सुजन कामीलाई ४ महिना ६ दिन कैद र अनिल आलेलाई ३ महिना २८ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो । 

फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको  हो । 

उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १२ : ०५ बजे