बारामा बस दुर्घटना हुँदा ६ जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा गए राति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । 

ना५ ख ६४ १५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक गए राति साढे १ बजे आपसमा ठोक्किएका थिए । 

घाइतेहरूको उपचार हेटौडा अस्पतालमा भइरहेको छ । 

बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका–६ कालापानी की ४५ वर्षीया अनिता क्षेत्री र ४० वर्षीय तिलक बलमपाकीको अवस्था गम्भीर रहेको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ५८ बजे