काठमाडौँ । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहनेछ बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ ।
बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ७ : २७ बजे
प्रतिक्रिया