वार्षिक ५ लाख नागरिकलाई रोजगारी दिने एमालेको घोषणा

काठमाडौं । नेकपा एमालेले वार्षिक ५ लाख नागरिकलाई रोजगारी दिने घोषणा गरेको छ ।

मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्दै वार्षिक ५ लाख बेरोजगारीलाई रोजगार उपलब्ध गराउने घोषणा गरेको हो । सबैका लागि काम र नियमित कमाई सुनिश्चित गर्दै वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने घोषणापत्रमा उल्लेख छ । न्यूनतम ज्याला २५ हजार कायम गर्ने एमालेको योजना छ ।

स्वदेशमा उत्पादन हुने वस्तुहरुको प्रोत्साहन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरिने घोषणापत्रमा उल्लेख छ । 

नेपाली नागरिक आवासविहीन वा सडक मानवको अवस्थामा नरहने ग्यारेन्टी गर्ने एमालेको योजना छ । आगामी २ वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउने चुनावी प्रतिबद्धता गरेको छ । उच्च शिक्षाका लागि विदेश जानुपर्ने वाध्यता अन्त्य गर्ने घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : २३ बजे