बाइडेनले अमेरिकामा ५४ राज्य भनेपछि…

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि एकपटक आफ्नो गफका कारण सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । यस पटक ७९ वर्षीय राष्ट्रपतिले  दावी गरे कि उनले ओबामाकेयरको रक्षा गर्न सन् २०१८ मा ‘५४ राज्यमा’ अभियान चलाएको बताएका छन् । उनले शुक्रबार ‘पेन्सिलभेनिया डेमोक्रेटिक पार्टी रिसेप्शन’मा सम्बोधनका क्रममा यस्तो भनाइ राखेका थिए । आफ्नो भाषणको क्रममा बाइडेनले दाबी गरे कि ट्रम्पले ओबामाकेयरलाई प्रतिस्थापन गर्न अभियान चलाएका थिए तर डेमोक्र्याटहरूले ट्रम्पको अभियानलाई सफल हुन नदिन सन् २०१८ मा कडा अभियान चलाए ।

अमेरिकी राष्ट्रपतिले आफ्नो भाषणमा भने, ‘ निस्सन्देह, तिनीहरू आफ्नो ४९९औं पटक प्रयास गर्दैछन्, वा संख्या जे होस् तिनीहरू अझै पनि सस्तो हेरचाह ऐन हटाउन कटिबद्ध छन् । र, यदि तिनीहरू गरे भने मजाक होइन ।

सम्बोधनका क्रममा उनले अगाडि भने, ‘तसर्थ सन् २०१८ मा यसलाई हामीले हरायौँ । हामी ५४ राज्यमै पुुग्यौँ । ’ उनले सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अमेरिकामा ५० राज्य छन् । 

एजेन्सी

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : २७ बजे