डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सशस्त्र प्रहरीका दुई जना सई निलम्बित

काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत दुई जना सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हरू निलम्बनमा परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई आचरण विपरीत काम गरेको भन्दै निलम्बन गरेको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्‍याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना भएको बताइएको छ ।

त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई पनि निलम्बन गरिएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : ३७ बजे