साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

मस्कले ट्विटर प्रमाणीकरणको लागि प्रतिमहिना २० डलर शुल्क लिने 

न्युयोर्क – एलोन मस्कले ट्विटर ब्लु ब्याज सदस्यताको लागि प्रतिमहिना २० डलर शुल्क लिने योजना बनाएका र त्यसमा प्रयोगकर्ताहरूको प्रमाणीकरण पनि समावेश रहेको जनाइएको छ ।

भर्जका अनुसार मस्कले आइतवार कर्मचारीहरूलाई नोभेम्बर ८सम्ममा यो सुविधा रोल आउट गर्न आवश्यक रहेको अन्यथा उनीहरूलाई बर्खास्त गरिने चेतावनी दिए । 

हालको योजनाअन्तर्गत प्रमाणित प्रयोगकर्ताहरूले सदस्यता लिन वा आफ्नो निलो चेकमार्क गुमाउन ९० दिन पाउनेछन् । आइतबार मस्कले प्रमाणिकरण प्रक्रियाबारे ट्वीट गर्दै भने, ‘सम्पूर्ण प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको छ ।’

एजेन्सी

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १२ : ०५ बजे