ब्राजिलमा राष्ट्रपतिमा विजयी भएपछि सिल्भाले गरे शान्ति र एकताको आह्वान

रियो दि जेनेरियो । ब्राजिलमा राष्ट्रपतिमा निर्वाचित लुइज इनासियो लुला दा सिल्भाले तीतो रूपमा विभाजित ब्राजिलमा  “शान्ति र एकता“को लागि आह्वान गर्नुभएको छ ।  

देश अब अन्तर्राष्ट्रिय  रूपमा बहिस्कृत नरहेको बताउँदै उहाँले जीवित अमेजनको आवश्यकतालाई प्रकाश पार्नुभयो ।

“स्थायी युद्धको अवस्थामा विभाजित राष्ट्रमा बस्नु कसैको हितमा छैन”, ७७ वर्षीय वामपन्थीले अति दक्षिणपन्थी जैर बोल्सोनारोलाई पराजित गरेपछि विजयी भाषणमा भन्नुभयो । आफूलाई मतदान गर्ने मात्र नभई २१५ ब्राजिलियनहरुलाई सेवा गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

भ्रष्टाचार अभियोगमा उहाँ १८ महिना जेल पर्नुभएको थियो । तथापि उहाँको लोकप्रियता खासै खस्किएको थिएन जुन पछिल्लो मत परिणामले देखाएको छ । एजेन्सी

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : १७ बजे