गुजरातको मोरबीमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या १३० पुग्यो

अहमदाबाद ।  गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या १३० पुगेको छ । १७७ जनाको उद्धार भएको छ । 

आइतबार छठको समयमा मानिसहरूको ठुलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनः निर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । 

हमदाबादबाट दुई सय किलोमिटर टाढा रहेको उक्त  झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब पाँच सय मानिसहरू भेला भएका बेला भत्किएको थियो । 

पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्धार गरिएको थियो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् ।  ७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ ।

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मत सम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो । एजेन्सी

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ५३ बजे