आजदेखि शेयर कारोबार सुरु हुने, अब कता जाला बजार ?

काठमाडौँ । एक सातादेखि बन्द रहेको शेयर कारोबार आजबाट खुला हुने भएको छ ।

तिहार तथा छठको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएकाले कात्तिक  ७ गते देखि शेयर बजार बन्द थियो । कात्तिक ६ गते अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार सुरु हुनेछ ।

कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ । यस्तो अवस्थामा अब सेयर बजार कता जाला भनेर  चासो रहेको छ । 

तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मक बनेको थियो । 

 

 

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ४९ बजे