सुनको मूल्यमा नयाँ कीर्तिमान

२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४  घन्टामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय २९ पीसीआर परीक्षण ९ जना र ८ सय ५५ एन्टीजेनमा ११ जना गरी कूल २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाका कारण आइतबार कसैको मृत्यु भएको छैन। आज थप ३४ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ सय ५२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : २७ बजे