दक्षिण कोरियामा भाग दौडमा १ सय ५१ जनाको मृत्यु, विश्वका नेताहरूद्वारा शोक व्यक्त

सिउल । सियोलमा शनिवार राति ह्यालोविन कार्यक्रममा भएको भाग दौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएपछि विश्व नेताहरूले शोक प्रकट गरेका छन् । 

राजधानीको साँघुरो गल्लीहरूमा हेलोवीन मनाइरहँदा हजारौँको सहभागी थियो । सहभागीमध्ये अधिकांश युवा र विद्यार्थी थिए । 

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै पीडितको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

भारतीय विदेश मन्त्री एस जय शंकरले उक्त घटनाबाट आफू स्तब्ध भएको बताउँदै शोकमा परेको दक्षिण कोरियासँग भारतको ऐक्यबद्धता रहेको बताएका छन् ।

राजधानी सिउलमा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भाग दौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको थियो । 

सयौँ पसल र पार्टी रहेको इटावोनमा शनिवार राति करिब १ लाख मानिसको भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सवमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरूको ठुलो उपस्थिति रहेको थियो । एजेन्सी 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ०१ बजे