यी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ । आज तीन वटा प्रदेशका पहाडी भू–भागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

सोमबार पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ ।  प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ५१ बजे