आजको पात्रो

आज वि.सं २०७९ कात्तिक १३ गते आइतबार, 
ई.सं.२०२२ अक्टोबर ३० तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक शुक्लपक्ष पञ्चमी, ८ः १४ बजे उप्रान्त षष्ठी
मूल  – नक्षत्र
सुकर्मा – योग
वालव– करण
आनन्दादि योगमा सिद्धि योग
आज चन्द्रमा धनु राशिमा भ्रमण गर्नेछन् । 
आज अपराह्न ४ः३० बजेदेखि साँझ ६ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज छठ पर्वको मुख्य दिन, डाला पूजा ।
काठमाडौंमा सूर्योदय बिहान ६ः१४ बजे भयो भने  सूर्यास्त साँझ ५ः२० मा हुने छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : १४ बजे