‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आगामी निर्वाचन स्थिरता र विकासको जनमत संग्रह : एमाले नेताहरु

​​​​​​​बागलुङ ।     आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्थिरता र विकासको जनमत संग्रह भएको एमाले नेताहरुले बताएका छन् ।     

 नेकपा एमालेले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत शुक्रवार काठेखोला गाउँपालिका वडा नंं ७ रेशका विभिन्न ७ ठाउँमा आयोजित टोलभेलामा बोल्ने नेताहरुले यस्तो बताएका हुन् ।     

स्थिर र दरिलो राजनीतिक शक्तिबाट मात्रै मुलुकमा स्थिरता र विकास संभव छ, वर्तमान अवस्थामा मुलुक धान्ने शक्ति नेकपा एमाले मात्रै भएकाले आगामी निर्वाचनबाट एमालेका उमेदवारहरुलाई विजयी गराई स्थिर सरकार निर्माणका गर्न नेताहरुले मतदाताहरुसंग आव्हान गरेका हुन् ।   

राष्ट्रियताको संरक्षण, नागरिकता विधेयक लगायत राष्ट्रहितका विषयमा एमालेको स्पष्ट अडान लगायत विकास निर्माणका क्षेत्रमा एमाले नेतृत्वको सरकारले गरेका दिर्घकालिन योजनाहरुलाई पुरा गर्नका लागि पनि एमालेको सरकार आवश्यक रहेको एमाले पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज मन कुमारी केसी जिसीले बताउनुभयो ।     


     एमाले केन्द्रीय सदस्य सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमा एमाले नेतृत्वमा भएका कामहरुका आधारमा एमालेका उमेदवारलाई जिताउन मतदाताहरुसंग आव्हान गर्नु भयो ।     
     प्रतिनिधिसभा क्षेत्र नंं १ मा एमालेका उमेदवार तथा पार्टीका केन्द्रीय सदस्य डा.सूर्य पाठकले मुलुक निर्माणका हरेक सवालमा एमाले र अन्य दलहरुले गरेका कामहरुको यथार्थ विश्लेषण गरेर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नु भयो ।     
बागलुङको विकास निर्माण लगायत राष्ट्रिय हितका विषयमा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधि र अन्य दलका प्रतिनिधिले गरेका कामहरुको तुलना गर्न आम बुद्धिजिवीहरुलाई आव्हान गर्नु भयो ।          

एमालेका विरुद्ध राजनीतिक रुपमा भएका घेरावन्दी र सामाजिक सञ्जालबाट भएका विरोधहरु नियोजित भएको भन्दै उहाले यथार्थमा एमालेले गरेका र अन्य दलहरुले गरेका कामहरुको तुलना गर्न चुनौती दिनुभयो ।  

प्रदेशसभाका उमेदवार तथा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले मुलुक परिवर्तनको एजेण्डा एमालेसंग मात्रै भएकोले जनताले एमालेका उमेदवारलाई विजयी गराउने विश्वास आफुले लिएको बताउनुभयो ।      

आगामी निर्वाचनपछि मुलुकको नेतृत्व गठबन्धनले प्राप्त गरे, मुलुकको भविष्य दशकौ पछि पर्ने दावी गर्दै केसीले भन्नुभयो, गठबन्धन नेतृत्वले डेढ वर्षमा गरेका काम, मुलुकको अवस्था लगायतका विषयमा जनता जानकार छन ।      

रेशको जिरेदी, कुँवरथर, गैरीकटेरी, दामगाडे, गोड्डाडा, पिडल्ला लगायतका स्थानमा भएका टोलभेलाहरुमा एमाले केन्द्रीय सदस्य कृष्ण बहादुर केसी, गण्डकी प्रदेश सचिवालय सदस्य डिल्लीराज गौतम, गण्डकी प्रदेश कमिटि सदस्य हुमा कुमारी जिसी (अञ्जु), राम बहादुर जिसी, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिका संस्थापक अध्यक्ष अमर बहादुर थापा, जिल्ला सचिवालय सदस्य तथा रेशका वडा अध्यक्ष प्रेम लामिछाने, एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष डिल बहादुर कार्की लगायतले मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि एमालेको जीत आवश्यक रहेको बताउनु भएको थियो ।      

     कार्यक्रम एमाले रेशका अध्यक्ष भूमिराज शर्माको अध्यक्षता र उपसचिव महेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ४ : १५ बजे