नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । 

आज प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहने आकलन गरिएको छ, भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान महाशाखाको छ, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव दुई डिग्री र जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : ५७ बजे