लोसपाका केन्द्रीय सदस्य राजाराम साहसहितका नेता एमालेमा प्रवेश 

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य राजाराम साह नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उहाँलाई पार्टीमा स्वागत गर्नुभयो । साह पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट पुग्नुभएको थियो ।

उहाँसँगै प्रिया रानी, रश्मी सिंह, प्रदेश सदस्य राजकुमार सिंहसहित बारा जिल्ला कमिटी सदस्यहरू नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : १२ बजे