डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

महोत्तरीको भंगहामा लगाइएको कर्फ्यु कायमै

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–८ मा दुई समुदायबीच झडप तनावग्रस्त बनेपछि प्रशासनले जारी गरेको कर्फ्यु कायमै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका जारी गरिएको कर्फ्यु अझै कायमै राखिएको हो  । 

स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यु कायमै राखिएको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिएका छन् ।

कर्फ्यु आदेशको वर्खिलाप भएमा कानुन बमोजिम कडा कारबाही हुने चेतावनी समेत बिहीबार अपराह्नदेखि कर्फ्यु आदेश दिइएको थियो । 

जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकको पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ ‌।

हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला अर्का समुदायका व्यक्तिहरू पत्थरबाजी गरेपछि झडप सुरु भएको महोत्तरी प्रहरीले जनाएको छ ‌। 

स्थिति नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा रहेका प्रहरीले दर्जनौँ सेल आसुग्यांस र हवाई फायरसमेत गर्नुपरेको थियो । तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले बिहीबार अपराह्न देखी कर्फ्यु आदेश जारी गरेको हो ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ९ : ०४ बजे