सुनको मूल्यमा नयाँ कीर्तिमान

आइसिसी टी–२० विश्वकपअन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज दुई खेल हुँदैछन् । 

सुपर–१२ को समूह एक को फरक खेलमा आयरल्यान्ड र इंग्ल्यान्ड तथा न्युजिल्यान्ड र अफगानिस्तान भिड्दै छन् । 

बिहान पौने १० बजे सुरु हुने खेलमा आयरल्यान्ड र इंग्ल्यान्डको खेल मेलबर्नमा हुनेछ । आयरल्यान्ड पहिलो जितको खोजीमा रहँदा इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्न चाहन्छ । 

दिउँसो पौने २ बजे न्युजिल्यान्ड र अफगानिस्तानबीच समेत मेलबर्नमै खेल हुनेछ । यस खेलमा जित निकाल्दै न्युजिल्यान्ड शीर्षस्थान बलियो बनाउने योजनामा छ । अफगानिस्तान भने पहिलो जितको खोजीमा छ । 

समूह एक मा न्युजिल्यान्ड, इंग्ल्यान्ड, श्रीलङ्का र अस्टे्रलियाको सामना दुई दुई अङ्क छ । अफगानिस्तान र आयरल्यान्ड बिना अङ्क छन् । 

 

 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १० : २१ बजे