आजको पात्रो

आज वि.सं २०७९ कात्तिक ९ गते बुधवार, 
ई.सं.२०२२ अक्टोबर २६ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक शुक्लपक्ष प्रतिपदा
स्वाती  – नक्षत्र
प्रीति – योग
वव– करण
आनन्दादि योगमा धुम्र योग
आज चन्द्रमा तुला राशिमा भ्रमण गर्नेछन् । 
आज मध्याह्न १२ बजेदेखि १ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभ कार्यको थालनी नगर्नुहोला ।
आज म्हपूजा अर्थात् नेपाल संवत् प्रारम्भको दिन । त्यस्तै गोवर्द्धन पूजा पनि आजकै दिनमा रहेको छ ।
काठमाडौँमा सूर्योदय बिहान ६ः११बजे भयो भने  सूर्यास्त साँझ ५ः२३ मा हुने छ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : १५ बजे