थप ५७ वटा हिमाल आरोहणका लागि खुला

पूर्वी नेपालमा चक्रवातको आंशिक प्रभाव, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रत्यक्ष असर भने छैन । यसबाहेक मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ, बाँकी प्रदेशमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकीका पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

राति पनि ती प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  बुधवार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने आकलन गरिएको छ । ती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : ०६ बजे