बीसौँ महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयन गर्न जनमुक्ति सेनालाई निर्देशन

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले सीपीसीको आइतबार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त चीनको राष्ट्रिय सेनामा पनि लागू गरिने बताउनुभएको छ । 

सीपीसीको महाधिवेशनका मार्गदर्शक सिद्धान्तको अध्ययन, प्रचार र कार्यान्वयन गर्न उहाँले जनमुक्ति सेनालाई आज निर्देशन दिनुभएको हो । जनमुक्ति सेनाको शतवार्षिकीका लागि निर्धारित लक्ष्य हासिल गर्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयनमा उहाँले जोड दिनुभएको हो । चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले प्रमुख सैन्य अधिकारीहरूको बैठकमा भाग लिँदै उक्त निर्देशन दिनुभएको हो । 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १० : ५० बजे