साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रतिनिधिसभाको बैठक बस्दै, विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको बैठकमा विभिन्न प्रतिवेदन पेश हुने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ। 

संघीय संसद् भवननया बानेश्वरमा दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, २०७७ पेस गर्नुहुने  र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्नुहुने कार्यक्रम रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : ०६ बजे