आगलागीमा करिब ७५ लाखको धनजनको क्षति

मकवानपुर । मकवानपुरको थाहानगरपालिका–६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी हुँदा सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको पालुङ इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो आगोलागीबाट खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण (कम्प्युटर÷टेलिभिजन)लगायत जलेर नष्ट हुँदा रु ७५ लाख बराबरको धनजनको क्षति भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिनुभयो । उक्त आगो थाहानगरपालिकाको दमकल, पालुङ प्रहरी र स्थानीय बासिन्दाले करिब दुई घण्टापश्चात् नियन्त्रण गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : ०७ बजे