सुनको मूल्यमा नयाँ कीर्तिमान

आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौँ । आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेटमा सोमबार दुई खेल हुँदै छन् । 

पहिलो खेलमा बङ्गलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान पौने १० बजे सुरु हुनेछ । 

दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाप्पेबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने दुई बजे हुनेछ । समूह दुई को सुपर १२ को खेलमा चार देशकै पहिलो खेल हो । यसै समूहबाट आइतबार पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतले दुई अङ्क जोडेको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ०४ बजे