थप ५७ वटा हिमाल आरोहणका लागि खुला

अर्पण शर्माले कायम गरे नयाँ विश्व कीर्तिमान,ओलीको हातबाट लिए प्रमाणपत्र

काठमाडौँ । 'मेमोरी किङ'ले चिनिएका अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गर्नुभएकाे छ । युवाहरू माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको "वर्ल्ड बुक अफ रेकर्ड्स" को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गर्नुभएकाे हाे । 

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नुभएकाे हाे । १ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उहाँ आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिनुहुन्छ । 

यसअघि सन् २०१५ मा शर्माले १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाउनुभएकाे थियाे । 'यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्र नभई सम्पूर्ण नेपालीहरुको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने वाचा गर्दछु,' उहाँ भन्नुहुन्छ । 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : ४३ बजे