यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को माहासचिवमा  सी जिनपिङ  पुनं महासचिवमा चयन हुनुभएको छ , २०औं महाधिवेशन बाट सीलाई महासचिव चयन गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन हुनुभएको हो । 

गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिनुभएको छ । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका  ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन रहनुभएको छ । 

अवकाश लिएका लि खछ्याङ प्रधानमन्त्री समेत हुनुहुन्छ भने वाङ याङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुनुहुन्छ । त्यस्तै ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुनुहुन्छ भने हान झेन उपप्रधानमन्त्री हुनुहुन्छ ।
 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : ४८ बजे