बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

खेलकुद क्षेत्रको विकास एमालेले मात्रै गर्न सक्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

​​​​​​​काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको खेलकुद क्षेत्रको बिकास एमालेले मात्रै गर्न सक्ने बताउनुभएको छ  ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले नेपालको खेलकुदसम्बन्धी ठूला–ठूला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दाबी गर्नुभयो  ।

उहाँले कीर्तिपुर रंगशालाको स्तरोन्नति, सातै प्रदेशमा क्रिकेट रंगशाला निर्माण अघि बढाउने, एक पालिका एक खेलकुदग्रामको कार्यक्रमअन्तर्गत करिब दुई सय पालिकामा कामको सुरुवात लगायत कार्यहरू एमाले सरकारले नै गरेको बताउनुभयो  ।

त्यस्तै प्रत्येक जिल्लामा खेलकुद संरचना निर्माणका साथै समानुपातिक बजेट वितरणको थालनी पनि आफ्नै पार्टीको सरकारले गरेको उहाँको भनाइ छ । त्यस्तै पोखरेलले खेलाडी बीमा कार्यक्रमको सुरुवात पनि एमालेले नै गरेको जनाउँदै आगामी दिनमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

पोखरेलले आगामी निर्वाचन केवल निर्वाचन मात्रै नभई देशको भाग्यको फैसला गर्ने अवसर भएको बताउनुभयो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : २५ बजे