डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

मोरङमा विस्फोटक पदार्थको ओसार प्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसार प्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ ।

चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताउनुभयो । 

उहाँले कोही कसैबाट गैर कानुनी क्रियाकलाप भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताउनुभयो । प्रशासनले तिहारमा देउसी, भैलो जस्ता कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : ४० बजे