काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डीन आर टमसनले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
शुक्रवार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष अमेरिकाका नवनियुक्त राजदूत डीन आर टमसनले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।
नवनियुक्त राजदूत टमसनले आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट ट्विट गर्दै लेख्नुभयो – ‘नेपालका लागि अमेरिकी राजदूतका रूपमा सेवा गर्न पाउँदा गौरवान्वित भएको छु । नेपालका नेता र जनतासँग मिलेर काम गर्नेछु । विगत ७५ वर्षदेखि अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धको सफलता आगामी ७५ वर्षसम्म पनि कायम रहने सुनिश्चित गर्नका लागि मिलेर काम गरिनेछ ।’
प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ६ : ०६ बजे
प्रतिक्रिया