डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

लाञ्छनापूर्ण अभिव्यक्ति दिने कांग्रेसका प्रदेश सभापतिलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं – निर्वाचन आयोगले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको छ।

कैलाली क्षेत्र-४ (क) मा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा आयोग र आयोगका पदाधिकारीमाथि लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै आयोगले शुक्रबार उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीवार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरु उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टी गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईंले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार र प्रमाण के छश्र,’ आयोगले बलायरलाई सोधेको छ। 

उहाँलाई आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्पष्टीकरण पेश गर्न भनेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : १२ बजे