डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

​​​​​​​आचारसंहिता मिच्ने नागरिक दैनिकलाई काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं। ​​​​​​​आचारसंहिताविपरीत कार्टुन प्रकाशित गरेको भन्दै नागरिक दैनिकसँग प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नागरिक दैनिकले बिहीबार होच्याउने र तथ्यहीन सामग्रीमार्फत व्यंग्यसहितको कार्टुन चित्र प्रकाशित गरेपछि काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

काउन्सिलले काटेको पत्रमा तथ्यहीन सामग्री राखेर होच्याउने, दूर्भावना राख्ने जस्ता काम गर्नुको कारण सोधेको छ ।

पत्रमा कुनै राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी आचारसंहिता प्रतिकुल कार्टुनके कसरी सम्प्रेषण भएको हो ? यस्ता सामाग्रीले कुनै दल विशेषको नेतालाई चुनावका बेला होच्याउने वा दूर्भावना राख्ने काम गर्छ कि गर्दैन ? २४ घण्टाभित्र जवाफ पेश गर्न भनिएको छ ।

पत्र बिहीवारै पठाइएको काउन्सिल स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ५६ बजे