बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

राजु गुरुङको मुद्दा न्यायाधीशद्वय खतिवडा र रेग्मीको संयुक्त इजलासमा

काठमाडौं । रुपन्देही २ बाट एकीकृत समाजवादीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु गुरुङको मुद्दा शुक्रबार संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । गुरुङको मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा सुनुवाइ हुने भएको भएको छ ।

चेक अनादर र उनको निर्माण कम्पनी कालोसूचीमा परेको भन्दै रुपन्देही २ को निर्वाचन अधिकृत कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आफ्नो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि सर्वोच्चले उनको मुद्दामा अल्पकालीन आदेश जारी गर्दै उम्मेदवारी कायम राख्न आदेश दिएको थियो । सोअनुसार निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी कायम राख्ने निर्णय गरेको थियो ।

रुपन्देही २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । गुरुङ सत्तागठबन्धनका साझा उम्मेदवार हुन् । यदि गुरुङको उम्मेदवारी खारेज भएमा पौडेलको जित सुनिश्चित हुने देखिन्छ । तर, उजुरी नै नपरीकन निर्वाचन अधिकृत घनश्याम गौतमले मध्यराति उम्मेदवारी खारेज गरेको भन्दै बद्नियत देखिएको एकीकृत समाजवादीले आरोप लगाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ११ : ५७ बजे