डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ मा गए राती ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–१९ का २० वर्षीय बसरूदिन देवान रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका देवानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा २३ प ४२६९ नम्बरको मोटरसाइकललाई गए राति ९ बजे विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ त ४११५ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । 

ट्याक्टरसहित चालकलाई अस्थायी प्रहरी पोष्ट  इनर्वा शिराले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ११ : ३९ बजे