बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

देशभरका आदिवासी जनजाति प्रतिनिधिहरूसँग अन्तरसंवाद गर्नुहुँदै एमाले अध्यक्ष ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशभरका आदिवासी जनजाति प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गर्नुहुने भएको छ ।

उहाँले छिमेकी देश भारत, हङ्कङ, बेलायत लगायत अन्य देशमा बसोबास गर्नुहुने जनजाति अगुवाहरूसँग भने भर्चुअल माध्यमबाट कुराकानी हुने बताइएको छ ।

नेपाल लोकतान्त्रिक जनजाति महासङ्घको संयोजनमा अध्यक्ष ओलीले देशभरका आदिवासी जनजाति प्रतिनिधिहरूसँग अन्तरसम्बाद गर्नु लाग्नुभएको हो । 

उहाँले विभिन्न जिल्ला र जातीय घटक सङ्गठनहरूलाई पनि अध्यक्ष ओलीसँग आदिवासी जनजातिका समस्याबारे छलफल गर्न काठमाडौँ निम्त्याइएको महासङ्घले जनाएको छ । 

अध्यक्ष ओलीसँग संवादका लागि महासङ्घले आज मध्यान्ह १२ः०० बजे जनजाति समुदायलाई राष्ट्रियसभा गृहमा बोलाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : ३५ बजे