बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

एमाले उम्मेदवारलाई वृद्धाको आशीर्वाद : वृद्ध वृद्धालाई सम्मान गर्ने पार्टीले जित्नै पर्छ ।  

काठमाडौँ । नेकपा एमाले प्रतिनिधिसभा सदस्य दोलखाका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ९२ वर्षीय वृद्धाले विजयको शुभकामना दिनुभएको छ । 

उम्मेदवार शिवाकोटी सहितको टोलीले आज भीमेश्वर नगरपालिकाको वडा नं. ७ उखुबारीमा गरेको घरदैलोका क्रममा ९२ वर्षीय इन्दिरादेवी कार्कीले माला लगाएर विजयका लागि आशीर्वाद दिनुभयो । 

उहाँले वृद्ध वृद्धालाई सम्मान गर्ने तथा वृद्ध भत्ता सुरु गर्ने पार्टी नेकपा एमाले भएको कारण एमालेले जित हासिल गर्नुपर्ने बताउनुभयो । 

भेटघाटका क्रममा स्थानीयले विद्यालयमा दरबन्दी अनुसारका शिक्षक हुनुपर्ने, स्थानीय सडकहरूलाई बजेट व्यवस्था गरिनुपर्ने लगायतका सवाल उठाउनुभएको थियो । स्थानीयका सवालहरू सम्बोधन हुने उम्मेदवारले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर दोलखामा उम्मेदवारहरूले घरदैलो तथा भेटघाटलाई तीव्र बनाएका छन् । जिल्लाका गाउँ टोलमा अहिले अगुवा कार्यकर्ता प्रशिक्षण, घरदैलो, भेटघाट लगायतका गतिविधिहरू भइरहेका छन् ।  

घरदैलो अभियानमा उम्मेदवार शिवाकोटी, एमाले दोलखा उपाध्यक्ष एवं भीमेश्वर नगरपालिका निर्वाचन कमाण्डर राजेन्द्र मानन्धर, निर्वाचन कानुनी परामर्श र व्यवस्थापन समिति संयोजक कृष्ण बस्नेत लगायतको सहभागिता रहेको पत्रकार फुर्वा तामाङले जानकारी दिनुभयो । 

 

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : ०५ बजे