बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

भक्तपुरमा काँग्रेस र समाजवादी छोड्नेको लर्को : एकै दिन ५० बढीले रोजे एमाले

​​​​​​​भक्तपुर । चुनावको सङ्घारमा भक्तपुरमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) छोड्नेहरूको लहर चलेको छ । 

काँग्रेस र समाजवादी छोडेर ठुलो कार्यकर्ता पङ्क्ति एमालेमा प्रवेश गरेसँगै भक्तपुरमा गठबन्धनलाई ठुलै झट्का लागेको छ ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बिहीबार साँझमा आयोजित एक कार्यक्रममा बालकोटकै नेपाली काँग्रेसका नेता चन्द्र कृष्ण श्रेष्ठसहित ३५ जना युवाहरू एमाले प्रवेश गरेका भने त्यही कार्यक्रममा कार्यक्रममा नेकपा एसका नेता तथा गत निर्वाचनका वडा अध्यक्षका उम्मेदवार समेत भएर ४ सय ५७ भोट ल्याउन सफल सिरुटारका नेता मिलन थापासहित १५ जना एमाले प्रवेश गर्नुभएको छ ।  

एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गरेकाहरूलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा एमाले नेता महेश बस्नेतलगायत भक्तपुरका युवा नेताहरूको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : १८ बजे