बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

एमाले अध्यक्ष ओलीले आज नागरिकसँग टेलिफोन संवाद गर्नुहुँदै

काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुहुने भएको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार अध्यक्ष ओलीले नागरिकका प्रश्नको जवाफ दिनुहुने भएको हो । 

अध्यक्ष ओलीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उहाँको सचिवालयले जनाएको छ ।

“यो उत्साहपूर्ण सहभागिताका लागि मुरमुरी धन्यवाद” ओलीले भन्नुभएको छ । धेरै सहभागिता भएको भन्दै बिहीबार दिउँसो १ः०० बजेपछि नाम टिप्न बन्द गरिएको थियो ।

नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मङ्गलवार अनुरोध गर्नुभएको थियो ।

संसदीय चुनाव नजिकिँदै जाँदा अध्यक्ष ओलीले चुनावी अभियान तीव्र पार्नुभएको छ । उहाँले केही दिनअघि मात्र प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई खुला डिभेटका लागि आह्वान समेत गर्नुभएको थियो ।

 

 

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : ०५ बजे