राष्ट्रपति भण्डारीसँग पाकिस्तानका राजदूत शाहको बिदाइ भेट

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले बिहीबार शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । आफ्नो कार्यकाल पूरा गरेर फर्कने क्रममा रहनुभएका राजदूत शाह राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको थियो ।

शिष्टाचार बिदाइ भेटको अवसरमा राजदूत शाहले दुई देशबीचको ऐतिहासिक सम्बन्ध र न्यानो सम्बन्धलाई स्मरण गर्दै नेपालमा राजदूत रहँदा आफूले गरेको प्रयासमा सहयोग गरेकोमा राष्ट्रपति र नेपाल सरकारलाई धन्यवाद दिनुभएको थियो ।

राष्ट्रपति भण्डारीले राजदूत शाहलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा र नेपालमा रहँदा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने प्रयास गरेकोमा बधाई दिनुभएको थियो । साथै, उहाँले राजदूत शाहलाई आगामी कार्यकालका लागि शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ९ : ०७ बजे