साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गैडा गणना कार्यमा संलग्न हात्ती चराउँदै गरेका माहुतेको पाटेबाघको आक्रमणबाट मृत्यु

काठमाडौँ । पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जमा भइरहेको गैडा गणना कार्यमा संलग्न एक जना  माहुतेको मृत्यु भएको छ।

निकुञ्ज भित्र गैंडा मचान क्षेत्रमा ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम चौधरीको बाघ आक्रमणबाट मृत्यु भएको हो।

गैंडा गणनाको खाजा समयमा हात्ती चराउँदै घाँस काट्न थालेका बेला माहुते चौधरीलाई बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो  ।

बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको सहकार्यमा नियन्त्रणमा लिइएको छ।  नियन्त्रणमा लिइएको करिब १० वर्षको भाले बाघ अहिले ठाकुरद्वारामा राखिएको छ र काठमाडौँस्थित चिडियाखाना पठाउने तयारी भइरहेको छ।

माउते चौधरी र उहाँसँग रहेको हात्तीमाथि आइतबार साँझ ५ः३० बजेतिर बाघले आक्रमण गरेको थियो । तत्काल गणना टोलीले उद्धार गर्दा करिब सात सय मिटर झाडीसम्म लछारेर माउते थारुलाई बाघले छाडेर जंगलतर्फ भागेको थियो ।

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : ०० बजे